नेपालगञ्ज, ९ पुस । नेपालगञ्जका दिवंगत ई—रिक्सा चालकको परिवारलाई अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेले आर्थिक सहयोग गरेको छ ।
नेपालगञ्ज वडा नंं ६ स्थित एक घरमा डेरा गरी बसेका रिक्सा चालक स्वर्गीय ससिव श्रीवास्तवको परिवारलाई संघले नगद रु १० हजार सहयोग गरेको हो । चरम गरिबी तथा आर्थिक अभावका कारण ई–रिक्सा चालक श्रीवास्तवले गत पुस ४ गते आत्महत्या गरेका थिए ।
अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका अध्यक्ष धिरजप्रताव सिंहले आर्थिक अवस्था कमजोर भएका कारण काजक्रियामा समेत समस्या भएको खबर सुनेपछि सहयोग गरेको बताउनु भयो ।