बर्दिया, ८ पुस । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी चार दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत तालिम सञ्चालन गरिएको हो ।
तालिममा बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र बी ग्रुपका पदाधिकारी तगा कर्मचारीसंगै गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकाका विपद् फोकलपर्सनहरू समेत ३० जनाकोसहभागीता रहेको थियो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा भएको तालिम समापन समारोहमा मधुवन नगरपालिकाकी उपमेयर अनिता चौधरीले नगरपालिकाको विपद् र जलवायु परिवर्तनको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल कन्ट्री अफिस काठमाडौंका कृष्ण श्रेष्ठ, प्रशिक्षक लोकनारायण पोखरेल, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअली सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द लामिछानेलगायतले पनि बोल्नुभएको थियो ।