नेपालगञ्ज, १२ मंसिर । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा कालोपत्रे सडक निर्माण शुरु गरिएको छ ।
वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रका अनुसार, ओभरलोड मालवाहक गाडीहरुका कारण सडकमा धेरै खाल्डाखुल्डी हुन थालेपछि करिब साढे १२ सय मिटर सडक कालोपत्रे गर्न लागिएको हो ।
सडकको किनारमा २५० मिटर नाली निर्माणको काम शुरु भइसकेको छ । नाली निर्माणको काम सकिनासाथ सडक कालेपत्रे गर्न शुरु गरिने बताइएको छ ।
सडक निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । विनियोजित रकम मध्ये ५७ लाख १७ हजार ३५६ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । वडा अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।
यसैबीच, निर्माणाधिन उक्त सडकको नेकपा एमालेका केन्द्रीय सदस्यद्वय पशुपतिदयाल मिश्र र मोहम्मद हारुनको टोलीले अनुगमन गरेको छ ।