नेपालगञ्ज, १० मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियानको आज पहिलो दिन अखिल नेपाल महिला संघले नेपालगञ्जको सेतुविक चोकमा दिप प्रज्वलन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसा हुन दिन्न भन्ने प्रतिबद्धता जनाउनुपर्नेमा नागरिकस्तरमै जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संघका जिल्ला अध्यक्ष मीना ढकालको अध्यक्षतामा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा नेकपा एमाले लेखा आयोगका केन्द्रीय सदस्य विजया धिताल, एमाले प्रदेश सदस्य हिरा खरेल, संघका प्रदेश सदस्य तलत प्रवीण खान, जिल्ला सदस्य जयन्ती खत्री लगायतको सहभागिता रहेको थियो ।
अखिल नेपाल महिला संघ बाँकेको बैठकले जिल्लाको कोहलपुर खजुरा, जानकी र नेपालगन्जमा छुट्टाछुट्टै विभिन्न कार्यक्रमको आयोजना गरी महिला हिंसाविरुद्धको १६दिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।