नेपालगञ्ज, ६ मंसिर । बाँकेको सदरमुकाम नेपालगञ्जमा मातृ मृत्युदर उच्च रहेको छ ।
स्वास्थ्य सेवाका दृष्टिकोणले सुविधायुक्त सहर तथा बर्थिंग सेन्टरदेखि ठूला अस्पतालसम्मको उपलव्धता भएपनि नेपालगञ्जमा मातृ मृत्युदर उच्च देखिनुले सम्बद्ध पक्षलाई यसले गिज्याईरहेको छ ।
अर्कोतर्पm नेपालगञ्जमा मातृ मृत्युदर घटाउन समेत चुनौतिपूर्ण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले बढ्दो मातृ मृत्युदर घटाउने मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै सचेतना प्रबद्र्धनदेखि प्रोत्साहनसम्मका कार्यक्रम सञ्चालन गरिरहेको छ । तर मातृ मृत्युदर ओरालो लाग्न भने नसकेको महाशाखा प्रमुख रामबहादुर चन्दको भनाई छ ।
चन्दका अनुसार, घरमै सुत्केरी हुनेको संख्या धेरै हुनु, सुत्केरी गराउन समयमै स्वास्थ्य संस्था नपुग्नु, नियमित गर्भ जाँच नगराउने कारणले पनि मातृ मृत्युदर बढ्दै गएको छ ।
आज नेपालगञ्जमा भएको एक कार्यक्रममा सहभागि सरोकारवाला निकायका पदाधिकारीहरुलले समन्वय र सहकार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाएर लैजान सकिए मातृ मत्युदर अपेक्षितरुपमा घटाउन सकिने निष्कर्ष निकालेको छन् ।