नेपालगञ्ज, ६ मंसिर । सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई एक व्यापारिक प्रतिष्ठानलाई नेपालगञ्ज उपमहानगरपालिकाले जरीवाना गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले आशिर्वाद पेन्ट्स प्रालिलाई फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
आशिर्वाद पेन्ट्स प्रालिले नेपालगञ्ज वडा नम्बर १७ परशपुर र ढोडेगाउँको बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फालेको थियो ।
स्थानीय अभिनव वर्माले सामाजिक सञ्जालमार्पmत फोहर फाल्ने कार्यको सामग्री पोष्ट गर्नुभएपछि त्यसैका आधारमा नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले फोहर फाल्दै गरेको ग.१ ख. ६४३ गाडीलाई नियन्त्रणमा लिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्ने विरुद्ध शून्य सहनशीलताको नीति लिएको छ ।