नेपालगञ्ज, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सञ्चालित विकास कार्यक्रमको आज स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँ मुख्यमन्त्री भएपछि पहिलो पटक नरैनापुर पुग्नुभएको हो ।
विकास कार्यक्रमको निरीक्षण पश्चात भएको स्वागत समारोहमा मुख्यमन्त्री आचार्यकले बाँकेको दुर्गम क्षेत्र मानिएको नरैनापुरको विकासमा प्रदेश सरकार गम्भीर रहेको छ भन्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो—‘नरैनापुरलाई प्रदेश सरकारले विकासको विशेष प्राथमिकतामा राखेको छ ।’
मुख्यमन्त्री आचार्यले नरैनापुरमा स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत्, कृषि, पूर्वाधारलगायत क्षेत्रमा आधारभूत विकास भइसकेकाले अब उत्पादनशील काममा जोड दिनेतर्पm प्रदेश सरकारले आवश्यक सहयोग गर्छ भन्नुभयो ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले पालिकावाट मुख्यमन्त्री आचार्यलाई सिफारिस गरि पठाएका योजना प्रदेश सरकारवाट पारित हुनुपर्नेमा जोड दिनुभयो ।
नरैनापुर गाउँपालिका अध्यक्ष भन्नुभयो, ‘प्रदेश सरकारसंग धेरैपटक योजना माग गरिएका छन्, तर माग गरिएका योजना पालिकाले कहिल्यै पाउन सकेको छैन् ।
समारोहमा मुख्यमन्त्री आचार्यलाई पालिकाकातर्फबाट ११ बुँदे मागपत्र बुझाइएको छ । कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी, लेखा अधिकृत भरत बस्नेत लगायतको उपस्थिति रहेको थियो ।