नेपालगञ्ज, ५ मंसिर । बाँकेको राप्ती नदी तटीय क्षेत्रमा निर्माण हुने वैकुण्ठधाम सिधनियाघाट आयोजनालाई लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ ।
आज नेपालगञ्जमा आयोजित वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समिक्षा बैठकलाई सम्बोधन गदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भन्नुभयो—‘वैकुण्ठधाम सिधनियाघाट आयोजनाको जग्गा व्यवस्थापन र डिपिआर निर्माणलाई पहिलो चरणमा अघि बढाउन जरुरी देखिएको छ ।’
मुख्यमन्त्री आचार्यले आमनागरिकको सहभागितामा अघि बढाइएको यो आयोजनाका लागि आवश्यक पर्ने सबैखाले स्रोतको पहिचान गरी निर्माण प्रक्रिया अघि बढाउन जरुरी देखिएको छ भन्नुभयो ।
वैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डा. सुरेशकुमार कनौडियाको अध्यक्षतामा समिक्षा बैठक भएको थियो ।