नेपालगञ्ज, १० असोज । भन्सार छलेर नेपालगञ्ज ल्याइएका ठूलो परिमाणको अवैध लत्ताकपडा जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले नेपालगञ्जको बसपार्क आसपास क्षेत्रबाट भंसार छलेर ल्याइएका अवैध लत्ताकपडा बरामद गरेको हो ।
प्रहरीले लेडिज कटन सुट, लेडिज सारी, उलन कुर्ता, बर्को र मखमलको कपडा लगायतका लत्ताकपडा बरामद गरेको जनाइएको छ ।
बरामद गरिएका उक्त लत्ताकपडाको अनुमानित मूल्य रु दुई लाख २४ हजार ७०० रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । बरामद गरिएका सबै अवैध लत्ताकपडा नेपालगञ्ज भन्सार कार्यालय बुझाएको जानकारी दिएको छ ।