नेपालगञ्ज, ११ असोज । बाँकेको जानकी गाउँपालिकाले सडकमा पशुचौपाया नबाँध्न र खुल्ला स्थानमा दिसापिसाब नगर्न स्थानीयलाई आग्रह गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीद्धारा आज जारी गरिएको सूचनामा गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेको आधारभूत स्वास्थ्य सरसफाईलाई दृष्टिगत गर्दै सडकमा पशुचौपाया नबाँध्न र खुल्ला स्थानमा दिसापिसाब नगर्न आग्रह गरिएको छ ।
सूचनामा भनिएको छ, ‘सडक लगायत सार्वजनिक स्थानहरुमा फोहोर गर्ने, गाईगोरु, भैंसी, घोडा, खच्चड, भेडाबाख्रा र अन्य चौपाया सडकमा बाँधिएको पाइएमा प्रचलित कानून अनुसार जरीवाना र सजाय गरिने छ ।’