नेपालगञ्ज, १५ भदौ । नेपाल प्रेस युनियन बाँकेको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक वार्षिक साधारण सभा गरेको हो । युनियनको इतिहासमा यसभन्दा अघि वार्षिक रुपमा साधारण सभा नभएको सचिव भिष्म लोधले बताउनुभयो ।
युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले व्यवसायिक पत्रकारको क्षमता अभिबृद्धि गर्न युनियनले बिशेष भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसी, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका मह
ासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, युनियनका अग्रज नेता निरज गौतम, पूर्व अध्यक्ष जयनारायण शाहलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभा उद्घाटन समारोहमा युनियन, बाँकेका सचिव भिष्म लोधल सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष खड्कबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । युनियनका पूर्व अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई र युनियनका निवर्तमान अध्यक्ष अर्जुन ओलीसहितको अध्यक्ष मण्डलले बन्द सत्र सञ्चालन गर्नुभएको थियो ।
साधारण सभाको बन्द सत्रमा पत्रकारहरुको राहतका लागि नेपाल प्रेस युनियन कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको छ ।