नेपालगञ्ज, १० भदौ । नेपाली महिलाहरुको महत्वपूर्ण पर्व तीजका अवसरमा सिद्धार्थ हस्पिटालिटीले आयोजना गरेको महिला सम्मान तथा दर खुवाउने कार्यक्रम ‘तीज यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ ।
समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई भेला गरी सिद्धार्थ हस्पिटालिटीले तीज यात्रा आयोजना गरेको कम्पनीका बिजनेश डेभलपमेन्ट डाइरेक्टर दुर्गादत्त पन्तले जानकारी दिनुभयो ।
बुटवलको सिद्धार्थ कटेजबाट सुरु भएको तीज यात्रा भैरहवाको सिद्धार्थ भिलासामा, सिद्धार्थ होटल टीकापुरमा र सिद्धार्थ कटेज नेपालञ्जमा आयोजना गरिएको थियो ।
कार्यक्रममा गायिका मञ्जु पौडेलसहित स्थानीय कलाकारहरुले विशेष प्रस्तुति रहेको थियो । चारै स्थानको कार्यक्रममा करिब एक हजारभन्दा बढी महिलाहरुको सहभागिता रहेको डेभलपमेन्ट डाइरेक्टर पन्तले बताउनुभयो ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँच तारेस्तरमने सिद्धार्थ भिलासा, चार तारेस्तरको सिद्धार्थ वैभव र तीन तारेस्तरको सिद्धार्थ बाटिका ब्राण्ड सञ्चालित छन् ।
कम्पनीले हस्पिटालिटी एजुकेशन, रेष्टुरेन्ट, कटेज, क्याफे, कृषि फार्म, ट्रेकिड आइटीलगायत दुई दर्जन बढी कम्पनी सञ्चालनमा ल्याएको छ ।