नेपालगञ्ज, ५ भदौ । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘विद्यार्थी सहायता कक्ष’ स्थापना गरेको छ ।
उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन आउने विद्यार्थीको सहजताका लागि क्याम्पस परिसरमा विद्यार्थी सहायता कक्ष स्थापना गरिएको विद्यार्थी नेता जीवनराज सुवेदीले बताउनुभयो ।
सहायता कक्ष शुभारम्भ समारोहमा प्रमुख अतिथि क्याम्पस प्रमुख लालमणि आचार्यले सहायक कक्ष विद्यार्थीहरुका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
स्ववियु उपसभापति जीवनबहादुर शाहीले राजनीतिक व्यवस्था परिवर्तनदेखि अवस्था परिवर्तनसम्म विद्यार्थी संगठन सधै अग्रमोर्चामा रहदै आएको छ भन्नुभयो ।
कार्यक्रममा विद्यार्थी नेताहरु प्रकाश कुँवर, चन्द्रलाल जैसीलगायतले बोल्नुभएको थियो ।