नेपालगञ्ज, ३० साउन । बाँकेमा सन् २०२४ को सात महिनायता १७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बाँके कीटजन्यरोगका स्रोतव्यक्ति दुर्गा गौतमका अनुसार, बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराउन आउने मध्ये १७ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
स्रोतव्यक्त गौतमले गत आर्थिक वर्ष ०८०÷८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा ९४ जनामा डेंगु पुष्टि भएको थियो ।
तथ्यांक अनुसार बाँकेमा गत आर्थिक बर्षमा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरामा ३६, नेपालगञ्जमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगी पुष्टि भएको थियो ।