नेपालगञ्ज, १९ साउन । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि नेपाल प्रेस युनियन, बाँके शाखाले आज शनिवार नेपालगञ्जमा विशेष भेला गरेको छ ।
उक्त भेलाले पत्रकार महासंघको निर्वाचनमा पत्रकारहरुका सबै आस्थागत संगठनहरुसंग मिलेर जाने निष्कर्ष निकालेको छ । भेलाको निष्कर्ष छ—‘पत्रकार महासंघ छाता संगठन भएकाले सबै आस्थागत संगठनको सम्मानजनक उपस्थितिका लागि निर्वाचनमा मिलेर जानुपर्छ ।’
युनियनका जिल्ला अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको विशेष भेलामा युनियनका अग्रज नेताहरु हेमन्त कर्माचार्य, नीरज गौतम, विजय वर्मा, नरेन्द्र थापा र अर्जुन ओलीले युनियनका सदस्यहरुको एकताले नै महासंघको निर्वाचनमा सफलता मिल्ने बताउनुभयो ।
भेलामा प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, सचिवालय सदस्य गौरव गिरी, पत्रकार महासंघ, बाँकेका सल्लाहकार राकेश मिश्र, युनियनका बाँके जिल्ला उपाध्यक्ष कमल खत्री, सचिव भिष्म लोधलगायतले बोल्नुभएको थियो ।