नेपालगञ्ज, १२ साउन । प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका युवा नेता किशोरसिंह राठौरले पश्चिम नेपालगञ्जको भेरी अस्पतालको सेवालाई स्तरीय बनाउनुपर्ने बताउनुभएको छ ।
भेरी अस्पतालको १३४औं वार्षिकोत्सवका अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य राठौरले अस्पतालको सेवा गुणस्तरीय तथा विरामीमैत्री हुनुपर्नेमा समेत जोड दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, बाँके काँग्रेसका कार्यवाहक सभापति गोपाल अधिकारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा.प्रकाश थापाले अस्पतालको सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा विभिन्न बिधामा उत्कृष्ट हुने अस्पतालका कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो