नेपालगञ्ज, ११ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले राजनीतिक स्थिरता मुलुकको पहिलो प्राथमिकता बन्नुपर्नेमा जोड दिनुभएको छ ।
होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाली कांग्रेस र नेकपा एमाले राजनीतिक स्थिरताकै लागि सरकार गठनमा एक ठाँउमा उभिएको हो भन्नुभयो ।
मन्त्री पाण्डेले होटल व्यवसाय र पर्यटन नीतिलाई समयसापेक्ष बनाउन आफू आउने वित्तिकै तीन महिनामा प्रतिवेदन बुझाउने गरी कार्यदल बनाइको छ भन्नुभयो ।
त्यस अवसरमा लुम्बिनी प्रदेशका पूर्व मन्त्री रत्न खत्री, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले,
महासंघका केन्द्रिय अध्यक्ष दिनेश चुके, पूर्व केन्द्रिय अध्यक्ष अमृतबहादुर भुजेललगायतले बोल्नुभएको थियो ।