बाँकेको डुडुवा गाउँपालिका–१ छिटईपुर्वा पाझा गाउँका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुडुवा नेपालगञ्ज, ७ असार । बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ छिटईपुर्वाका अग्नीपीडितलाई राहत सामग्री उपलव्ध गराइएको छ ।
बुधबार राती आएको हावाहुरीले आगो उडाएर घरको छानामा खसेपछि छिटईपुर्वाका ३४ घर जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
आज आयोजित कार्यक्रममा अध्यक्ष चौधरीले अग्नीपीडितलाई नगद रु दुई हजारसहित त्रिपाल, चाउचाउ, नमकिन, चिउरा, गुण र पानी वितरण गर्नुभएको थियो । अध्यक्ष चौधरीको नेतृत्वमा राहत सामग्री लिएर गएको टोलीले अग्निपीडितलाई घरदैलोमै राहत वितरण गरेको थियो ।
राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । अग्नीपीडितहरुलाई जिल्ला विपद् समितिले पनि राहत स्वरुप केही नगद उपलव्ध गराएको बताइएको छ ।
अध्यक्ष चौधरीसंग गएको स्वास्थ्यकर्मी टोलीले अग्नीपीडितलगायत अन्य स्थानीयको स्वास्थ्य परीक्षणसमेत गरेको थियो ।
फुसको घरहरु जलेर नष्ट भएपछि विस्थापित अग्नीपीडितहरु ऋहिले गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा बसिरहेका छन् ।