नेपालगञ्ज, ५ असार । नेकपा एकीकृत समाजवादीको असार १६ देखि २० गतेसम्म हुने दशौं महाधिवेशनका लागि बाँके जिल्लावाट सर्वसम्मतरुपमा प्रतिनिधिहरु छनोट गरिएका छन् ।
समाजवादीका जिल्ला सचिव दिपक जिएमले बाँके क्षेत्र नम्बर १ बाट दलिततर्फ रामकृष्ण विक, युवाबाट प्रेम कुमारी शाही, महिलामा मञ्जु कोइराला, खुलातर्फ भगवती अधिकारी, दिपक शाही, शिव डाँगीसहित ८ जना चुनिएका छन् ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट डम्बर थापामगर, लक्ष्मणप्रसाद गौतम, बद्रिबहादुर यादव, निलम ज्ञवालीसहित ४ जना र क्षेत्र नम्बर ३ बाट इन्द्रवहादुर थापा, दिपक जिएम, कर्णवहादुर खत्री, मकवुल खाँ, सन्तवहादुुर विक, भगवती शाहसहित ६ जना चयन भएका छन् भने मजदुर फाँटबाट रत्ना गिरीसहित १९ जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
२०८१÷००३÷०५