नेपालगञ्ज, ८ असार । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ शान्तिनगरको सामाजिक विकासमा स्थानीयहरु सत्रिय भएका छन् ।
त्यहाका स्थानीयहरुले शान्तिनगर टोल सुधार तथा सरसफाई अभियान गठन गरेर सामाजिक विकासमा आप्नो सक्रियता बढाएका हुन् ।
स्थानीयहरुले अभियान अन्तर्गत मूलतः सरसफाईलाई मुख्य प्राथमिकतामा राखेर टोलको सामाजिक विकासमा समेत योगदान पुर्याउदै आएको अभियानका सल्लाहकार हृयदकृष्ण मास्केले बताउनुभयो ।
सोही अभियान अन्तर्गत प्रत्येक हप्ताको शनिवार र सार्वजनिक विदाका दिन टोलको सरसफाई र सुधार सम्बन्धि अन्य गतिविधिमा युवा, महिना तथा जेष्ठ नागरिकहरुको सहभागिता हुने गरेको छ ।
यसैक्रममा आज स्थानीय देवराज न्यौपानेको घरदेखि उदयपुर जाने चोकसम्म सरसफाई गरिएको छ । सरसफाईमा बाहिरी सानो नाला र सडकको फोहर व्यवस्था गर्ने गरिएको छ ।
अभियानका लागि वडा नंं ९ को कार्यालयले सरसफाईमा आवश्यक पर्ने सामग्री उपलव्ध गराउदै आएको बताइएको छ ।