• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना

२०८१ जेष्ठ २२ गते, मंगलवार समय: २०:२५ मिनेट
0 0
0
नेपालगञ्जमा विद्युत शर्ट सर्किटवाट सबैभन्दा बढी आगलागीका घटना
0
शेयरहरू
14
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, २० जेठ । नेपालगञ्ज शहर विकास, बिस्तार र बाक्लिने क्रमसंगै यहा आगलागीका घटना बढन थालेको तथ्यांकले देखाएको छ । आगलागीका घटना बढ्न थालेसंगै त्यसको नियन्त्रणको प्रयासलाई पनि व्याापक बनाउदै लगिएको छ । सोही प्रयास अन्तर्गत नेपालगञ्जमा अहिले शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा आगलागी नियन्त्रणलाई मुख्य प्राथमिकताका साथ आप्नो कार्ययोजनाभित्र समेटेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका बारुण यन्त्र इकाईको तथ्यांकमा २०७४ देखि २०८० चैतसम्म ६ वर्षको अवधिमा नेपालगञ्जमा ४७५ वटा आगलागीका घटना भएका छन् । उक्त आगलागीका घटनामा अरबौको सम्पत्ति नोक्सान भएको आकंलन गरिएको छ ।

अर्कोतर्प, बारुण यन्त्रकै २०७६ देखि २०८० चैतसम्मको चार वर्षे तथ्यांकमा भने नेपालगञ्जमा ३७५ आगलागीका घटना भएको उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी विद्युत शर्ट सर्किटका कारण ४२ प्रतिशत अर्थात १५८ आगलागीका घटना भएका छन् । विद्युत शर्ट सर्किटपछि अन्य अग्निजन्य क्रियाकलापमा भएको लापरवाहीका कारण ९५ वटा आगलागीका घटना भएको छन् । उक्त अवधिमा भान्साघरवाट ७४ र व्यवसायिक पसलमा ६० आगलागीका घटना भएका छन् ।

बारुण यन्त्र इकाईका प्रमुख जैन खड्काका अनुसार, पछिल्लो चार वर्षको अवधिमा नेपालगञ्जमा दिउसोको समयमा १२९ र रातिका समयमा ११९ आगलागीका घटना भएका छन् । बारुण यन्त्र इकाईको भवन निर्माणाधिन अवस्थामा रहेकाले कर्मचारीलाई कार्यालयमा बसउठ गर्न समस्या रहेको गुनासो खड्काको छ । उहाँ भन्नुहुन्छ,‘तर भौतिक पूर्वाधारको अवस्थाका कारणले नै अग्नि नियन्त्रणमा भने कुनै समस्या छैन् ।’

नेपालगञ्जको बारुण यन्त्र इकाईको दमकलले नेपालगञ्जमा मात्र नभई उक्त अवधिमा बाँकेको डुडुवामा २८ पटक, जानकीमा ३५, खजुरामा ११, कोहलपुरमा १२, नरैनापुरमा ४ र राप्तीसोनारी गाउँपालिकामा ५ पटक आगो निभाएको छ । इकाई प्रमुख खड्काले भन्नुभयो-‘नेपालगञ्ज कार्यक्षेत्र हुँदाहुँदै पनि हामीले बाँकेका सबै पालिकामा हुने गरेको आगलागीका घटना नियन्त्रणमा लिने गरेका छौ ।’ खड्का भन्नुहुन्छ, ‘हाम्रो दमकलले भारतको सीमावर्ती वस्तीमा हुने गरेको आगलागी समेत निभाउने गरेको छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्र इकाईसंग अहिले तीन ठूला दमकल र एउटा फायर बाईक रहेको छ भने एउटा सानो दमकल खरीद गर्ने तयारी भइरहेको जनाइएको छ । बारुण यन्त्र इकाईका १५ जना दक्ष जनशक्तिसहितको अग्नि नियन्त्रकको टिमले नेपालगञ्जलगायत बाँकेका सबै पालिकामा हुने गरेको आगलागीका घटना यथोचित समयभित्र नियन्त्रणमा लिने गरेका छन् ।

बाँके जिल्लाका कूल ८ पालिका मध्ये नेपालगञ्ज उपमहानगरपालिकासंग मात्र बारुण यन्त्र रहेको छ । बारुण यन्त्रको कार्यक्षेत्र नेपालगञ्ज उपमहानगरपालिका मात्र पर्ने भएता पनि सबै पालिकामा बारुण यन्त्रले सेवा पुयाउदै आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको सुझाव छ, ‘आगामी आर्थिक वर्षदेखि बाँकेका सबै पालिकाले दमकल राख्ने व्यवस्था मिलाउनुपर्छ ।’

झण्डै दुई वर्षदेखि नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) कार्यक्रमले नेपालगञ्जमा हुने गरेको विगतको तथ्यांकगत आगलागीका घटनाको सूक्ष्म अध्ययन तथा मूल्यांकन गरी सोको आधारमा आगलागी हुन नदिन अपनाउनु पर्ने उपाय तथा नियन्त्रणका लागि समुदायस्तरमै काम गर्न थालेको सुपर परियोजनाको आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । आगलागी नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमसंगै प्रविधिको प्रयोगवाट व्यवहारिक ज्ञान समुदायस्तरमै दिन थालेपछि त्यसको प्रभाव पनि सकारात्मक देखिन थालेको ज्ञवालीको भनाई छ ।

ज्ञवालीका अनुसार, सुपर कार्यक्रम अन्तर्गत नेपालगञ्जका साँघुरो दुई स्थानमा अग्निनियन्त्रणका लागि फायर हाइड्रेण्ट र आठ स्थानमा फायर एक्सट्रिम जिभिशेर मेसिन जडान गरिएको छ । दमकल जान नसक्ने यस्ता वस्तीमा उक्त उपकरण मेसिन जडान गरिएको बताइएको छ ।

त्यसैगरी, दमकललाई चाहिने पानीको स्रोतका लागि नेपालगञ्जका पुराना कुँवा मर्मत गरिएको, समुदायस्तरमा एक हजार ५०० बढी गृहिणी तथा परिवारका पुरुष सदस्यहरुलाई भान्सावाट लाग्ने आगलागी सम्बन्धि अभिमुखीकरण गरिएको र जनचेतनामूलक कार्यक्रमका लागि सञ्चारमाध्यमवाट सूचना सम्प्रेषण, पर्चा, पम्प्लेट वितरण, क्यालेण्डर निर्माणलगायतका रचनात्मक काम भइरहेको जनाइएको छ ।

मूलतभूतरुपमा स्थानीय सरकारको मापदण्ड अनुसार घर निर्माण हुनपर्ने र घर निर्माण गर्दा विद्युतिय उपकरणको चयन सही हुनुपर्ने, यसका लागि जनता आपैm जिम्मेवार र जागरुक हुनुपर्ने तथा निजि क्षेत्रले विद्युतिय तार लगायतका उपकरण विक्री गर्दा त्यसको सही जानकारी उपभोक्तालाई दिन सकियो भने पनि नेपालगञ्जमा आगलागीका घटना रोक्न ठूलो सहयोग पुग्ने सुपर परियोजनाको आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीको ठम्याई छ ।

 

अघिल्लो पोस्ट

नेपालगञ्ज मेडिकल कलेजले साउनदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः शुरु गर्ने

अर्को पोस्ट

बर्दियाका दुई विद्यालयका बाललबालिकालाई गर्मी प्रतिरोधी सामग्री वितरण

सम्बन्धित समाचार

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान
उर्जा / कृषि

कोहलपुरका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित
फिल्मी खबर

चलचित्र पत्रकार संघ बाँकेद्धारा नेपालगञ्जका संचारकर्मी र कलाकर्मी सम्मानित

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
लुम्बिनी प्रदेश

नेपालगञ्ज उपमहानगरपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता
लुम्बिनी प्रदेश

बाँकेको कोहलपुरमा ‘बिट पत्रकारिता’ तालिम शुरु, ४० बढीको सहभागिता

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड
गतिविधि

बाँकेको कोहलपुरमा वृहत सरसफाई, नागरिक सहभागितामा जोड

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान
गतिविधि

सशस्त्र प्रहरी बल तालिम शिक्षालयको २४औं बार्षिकोत्सव, शहिद प्रहरी परिवारलाई सम्मान

अर्को पोस्ट
बर्दियाका दुई विद्यालयका बाललबालिकालाई गर्मी प्रतिरोधी सामग्री वितरण

बर्दियाका दुई विद्यालयका बाललबालिकालाई गर्मी प्रतिरोधी सामग्री वितरण

भुमिसुधार कार्यालयसंग मोगी जग्गाका सम्बन्धमा सूचना माग

भुमिसुधार कार्यालयसंग मोगी जग्गाका सम्बन्धमा सूचना माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist