कोहलपुर(बाँके), २० जेठ । एफसी संघारी नेपालगञ्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज आइतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै अपरान्ह भएको अर्को खेलमा न्यु दर्पणले न्यु नलेज स्पोट्र्स क्लबलाई ४–० गोलले हरायो ।
भोली सोमवार हुने सेमिफाइनलमा एफसी संघारीले नेपालगन्ज–११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने न्यु दपर्णले कंचनजंगा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ । प्रतियोगितामा नेपालगञ्ज–११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई—जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी र कंञ्चनजंगा भिजन स्पोट्र्स क्लबको सहभागिता रहेको छ ।