नेपालगञ्ज, १८ जेठ । बाँके प्रहरीले नेपालगञ्जका विभिन्न स्थानवाट रु. २१ लख ३१ हजारभन्दा बढीको भंसार छलेर ल्याइएका अवैध सामानहरु बरामद बरामद गरेको छ ।
सनराइज कुरियरमार्पmत प्लेनवाट काठमाडौं पठाउन लागिएको रु १८ लाख मूल्य बराबरको ७२० थान मोबाइलको कम्बो डिस्प्ले बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो ।
यस्तै नेपालगञ्ज वडा नंं ११ वाट करिब रु दुई लाख ८७ हजार मूल्य बराबरको लेडिज कुर्तासुरुवाल र लुङ्गी तथा नेपालगञ्ज वडा नं. ३ बाट रु.४४ हजार मूल्य बराबरको ३७२ थान चप्पल बरामद गरिएको छ ।
बरामद गरिएका उक्त अबैध सामान आवश्यक कारबाहीका लागि आजै नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको ।