नेपालगञ्ज, ९ जेठ । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवस बाँकेमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरिएको छ ।
यही जेठ १३ गते युनियनको ३३औं स्थापना दिवसका अवसरमा बाँकेका युनियनकर्मी तथा स्वास्यकर्मी र महिला उद्यमीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिने र जेठ जेठ १३ गते नेपालगञ्जको गणेशमान चोकस्थित सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा बाँकेका सम्पूर्ण पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिने युनियनका जिल्ला सचिव भिष्म लोधले जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले स्थापना दिवसका अवसरमा उपरोक्त कार्यक्रम मनाउने निर्णय गरेको हो ।
बैठकले उपाध्यक्ष कमल खत्रीलाई फुटसल प्रतियोगिताको तयारी र व्यवस्थापनको जिम्मेवारी दिएको छ ।