नेपालगञ्ज, ९ जेठ । भारतबाट अवैध रुपमा ल्याइएको लत्ताकपडा र बोइलर कुखुराको मासु जिल्ला बाँके प्रहरीले बरामद गरेको छ ।
अवैध रुपले नेपालगन्ज ल्याइएको २७ पिस कुर्ता सुरुवाल प्रहरीले आज नेपालगन्ज वडा नं. १ धम्बोझीबाट बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले १ क्विन्टल ४० किलो बोइलर कुखुराको मासुसहित भारतको बहराइच बस्ने मोहम्मद इसाहक र नेपालगन्ज वडा नं. ८ का समिर कुरेशीलाई पक्राउ गरेको छ ।।
बरामद गरिएका लत्ताकपडा र मासुसहित पक्राउ गरिएका दुबै जनालाई आबश्यक कारवाहीका लागि नेपालगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।