नेपालगञ्ज, २ जेठ । जिल्ला प्रहरी कार्यालय बाँकेमा गत एक महिनाको अवधिमा १७० मुद्दा दर्ता भएको सूचना प्रक्षेपण गरिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नारायण डांगीले आज प्रक्षेपण गर्नुभएको प्रेस विज्ञप्तिमा बैशाख महिनामा दर्ता भएका १७० मुद्दामा १४२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । यस्तै पुराना मुद्दाहरुको अनुसन्धानलाई प्राथमिकता दिई वैशाख महिनामा ३९ वटा मुद्दाहरुसमेत उक्त अवधिमा फर्छौय्ट गरिएका छन् ।
यसैगरी, ६२४ ठाडो उजुरी मध्ये ४३२ फर्छौय्ट भएकोमा २४ वटा सम्बन्धित निकायमा पठाइएको र बाँकी निबेदन फर्छौय्ट प्रक्रियामा रहेको जनाइएको छ ।
यस्तै, अपराध नियन्त्रण र कारवाही प्रक्रियामा भंसार चोरी तस्करीविरुघ प्रहरी अभियानलाई निरन्तना दिइएको जनाइएको छ । सो अभियान अन्तर्गत बैशाख महिनामा रु ५२ लाख ६ हजार ८२५ बराबरको अवैध सामान, एउटा ट्रक र तीन वटा मोटरसाइकल नियन्त्रणमा लिइएको विवरण प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कारवाहीमा २३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डांगीले बताउनुभयो ।
त्यस्तै उक्ता अवधिमा अबैध कटुवा पेस्तोल र गोली सहित तीन जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको, ३२ जना फरार अपराधी पक्राउ गरिएको, यौनजन्य गतिविधिमा संलग्न बिभिन्न होटल, रेष्टुरेन्टहरुबाट संचालकसहित २९ जनालाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालयद्धारा प्रक्षेपण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।