नेपालगञ्ज, २८ बैशाख । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीले चलाएको गोलीवाट लागु औषध कारोबारी बाँके कोहलपुर चप्परगौडीका २६ बर्षीय सुशील परियारको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो । खुट्टामा गोली लागेका परियार अस्पतालवाट डिस्चार्ज भइसकेका छन् । उनलाई अहिले प्रहरी कस्टडीमा राखिएको छ ।
ठूलो परिणाममा लागु औषध ओासारपोसार भइरहेको छ भन्ने प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोवाट खटिएको प्रहरी टोलीले पिप्रहवामा चेकजाँच गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाएको बताइएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डांगीका अनुसार, उक्त घटनामा प्रहरीले परियारसंगै अर्का लागुऔषध कारोबारी चप्परगौडीकै २७ बर्षीय प्रमोद कार्कीलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथवाट ११४.२६ ग्राम ब्राउनसुगर, भे ६ प ६२०६ र भे ५ प ३१३५ नं. को दुई वटा स्कुटी बरामद गरेको छ ।
उक्त घटना बारे प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढएको जनाएको छ ।
२०८१÷०१÷२७