नेपालगञ्ज, २६ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरमा सञ्चालित जलवायु परिवर्तन, विपद जोखिम व्यवस्थापन तथा आधारभूत मानवीय मापदण्ड सहायता सम्बन्धि पाँच दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित बालिका शसक्त परियोजना कार्यक्रम अन्तर्गत भएको तालिममा किशोरी क्लब र युवा क्लबका प्रतिनिधि तथा परिवर्तनका संवाहकहरु समेत २४ जनाको सहभागिता रहेको थियो ।
विपतका बखत स्थानीय युवावर्गलाई मानवीय सहायतामा लाग्न सहज होस भन्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको क्लबका अध्यक्ष रबि तुलाधरले बताउनुभयो ।
तालिम समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले तालिम गाउँपालिकाका लागि निकै महत्वपूर्ण रहेको बताउदै तालिमले विपतका समयमा आवश्यक युवा जनशक्ति उत्पादन गरेर पालिकालाई गुन लगाएको छ भन्नुभयो ।
त्यस अवसरमा गाउँपालिकाका विपद फोकलपर्सन रमेश पौडेल, प्रशिक्षकद्धय लौटन चौधरी र महेशचन्द्र गौतम, क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकी, सल्लाहकार सिराज खान, कार्यकारी निर्देशक साजिदअहिल सिद्धिकी, परियोजना संयोजक गोविन्द लामिछाने, कार्यक्रम अहिलकृत ईश्वर विकलगायतको उपस्थिति रहेको थियो ।