नेपालगञ्ज, २५ बैशाख । नेपालगञ्जका उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले रोजगारी प्रबद्र्धन कार्यक्रमको बजेट र आकार बढाइने आश्वासन दिनुभएको छ ।
नेपालगञ्ज उपउपमहानगरपालिका रोजगार सेवा केन्द्रद्धारा आज आयोजित रोजगार अभिबृद्धि गर्नका लागि निजी क्षेत्र तथा सरोकारवालासंगको छलफल कार्यक्रममा मेयर विष्टतले आगामी आर्थिक वर्षको बजेटमा राजनगार अभिवृद्धि कार्यक्रमको आकार बढाइने छ भन्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम हादुर खड्काको अध्यक्षतामा भएको छलफल कार्यक्रममा रोजगार सेवा केन्द्रकी संयोजक मञ्जु ज्ञवाली र अधिकृत दिपेन्द्र श्रेष्ठले रोजगार सेवा केन्द्रको अवधारणा, संरचना र सेवाबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा श्रम कार्यालय नेपालगञ्जका प्रमुख लोेकेन्द्र विसी, आशा कुमारी श्रेष्ठ, उद्योगी चम्पालाल बोथरा, व्यवसायीहरु कृष्णप्रसाद श्रेष्ठ, भिमप्रसाद बराल, डिला शाहलगायतले बोल्नुभएको थियो ।