नेपालगञ्ज, २४ बैशाख । नेपालगञ्जको वडा नं. १९ मा आयोजना गरिएको बालमैत्री स्थानीय शासन सम्बन्धि दुई दिने तालिम सोमवार सकिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ कार्यालयको सहयोगमा र युवा घर संस्थाले तालिमको आयोजना गरेको हो ।
तालिम समापन कार्यक्रममा वडा नं. १९ का अध्यक्ष परसराम कुर्मीले बालमैत्री स्थानीय शासनको सिद्धान्तलाई अवलम्बन गर्दै वडामा बालमैत्री घोषणा अभियान कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा सदस्य रामसुहावन कुर्मी र अमृता सिंहलेसबैले आआफ्नो जिम्मेवारी पुरा गरेमा मात्र बालमैत्री वडा बनाउने अभियान सफल हुने बताउनुभयो ।
त्यस अवसरमा प्रशिक्षक मन भण्डारी र रबिन्द्र बोहरा, युवा घरका सदस्य शिवकुमार वर्मा, सहभागीद्धय हिमानी परियार र रिंकी शुक्लालगायतले पनि बोल्नुभएको थियो ।
तालिममा जनप्रतिनिधि, कर्मचारी, वडा तथा बिद्यालयस्तरीय बाल क्लव संजाल तथा बाल क्लवका पदाधिकारी लगायत ३५ जनाको सहभागिता रहेको थियो ।