नेपालगञ्ज, २३ बैशखा । बाँके प्रहरीले नेपालगञ्जका विभिन्न स्थानवाट भंसार छलेर ल्याइएका अवैध सामान बरामद गरेको छ । तस्करहरुले भारतवाट भंसार छलेर नेपालगञ्ज ल्याएका करिब रु दुई लाख ८२ हजार मूल्य बरामदका विभिन्न सामान प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीका अनुसार, प्रहरीले माउण्टेन ड्यू नामक पेय पदार्थ, भोल्टेज स्टेबलाइजरका सामान, सुती कपडा र प्याज बरामद गरेको छ । बरामद सामानसंगै प्रहरीले दुई वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
उक्त अवैध सामान ढुवानीमा संलग्न तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।