नेपालगञ्ज, १९ बैशाख । बाँके प्रहरीले भारतवाट अवैधरुपमा ल्याइएका अवैध सामग्री आज नेपालगञ्जको बसपार्कवाट बरामद गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उरीक्षक नारायण डांगीका अनुसार, प्रहरी टोलीले चार सय पीस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको हो ।
बरामद गरिएका उक्त मोबाइल डिस्प्लेको मूल्य रु आठ लाखभन्दा बढी रहेको छ । अवैधरुपमा बरामद गरिएका उक्त अवैध सामान आवश्यक कारवाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।