नेपालगञ्ज, १४ बैशाख । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले प्रदेश सरकारले भौतिक विकासका साथै मानवीय विकासलाई प्राथमिकतामाा राख्ने गरेको बताउनुभएको छ ।
फियान नेपाल, खाद्य अधिकार सञ्जाल र याक नेपालले आज नेपालगञ्जमा आयोजना गरेको खाद्य अधिकार सञ्जाल राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री खत्रीले लुम्बिनी प्रदेशमा आर्थिक विकासको ढोका खोल्न कृषि र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, मन्त्री खत्रीलाई उहाँले अध्ययन गर्नुभएको बाँकेको सीतापुर वडा नं. २ गौघाटस्थित योगिनी माध्यमिक विद्यालयले बाजागाजासहित स्वागत र सम्मान गरेको छ । यस्तै मन्त्री खत्रीलाई बाँकेस्थित विभिन्न सामाजिक संघ संस्थाले समेत स्वागत र सम्मान गरेका छन् ।