नेपालगञ्ज, ५ बैशाख । बाँके जिल्लाको नेपाल—भारत सीमा जमुनहा हुँदै भारततर्पm लैजादै गरेको अवस्थामा बाँके प्रहरीले खुकुरी चुरोट आज बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीका अनुसार, करिब रु एक लाख ५८ हजार मूल्य बराबरको एक हजार २८० प्याकेट खुकुरी चुरोट बरामद गरिएको हो ।
प्रहरीले चुरोटको ढुवानीमा संलग्न ३ जनालाई समेत पक्राउ गरेको छ । बरामद गरिएका चुरोट आवश्यक कारवाहीका लागि आजै नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।