नेपालगञ्ज, ४ बैशाख । नेपालगञ्जमा केरेप्टो करेन्सीमार्फत गैरकानूनी कारोबार गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज वडा नं. १८ स्थित भाटभटेनी नजिक केही व्यक्तिहरुले गैरकानूनी रुपमा मुद्रा विनिमय र केरेप्टो करेन्सीको कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा नेपालगञ्ज वडा नं. २० का अमृतकुमार वर्मा र जानकी गाउँपालिका वडा नं. १ का रियाज खाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले वर्मा र रियाजले दैनिक अन्दाजी रु एक करोड सम्म केरेप्टो करेन्सीको अबैध कारोबार गरेको कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले बताउनुभयो ।
पक्राउ गरिएका आरोपीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको हुँदा सम्मानित बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।