नेपालगञ्ज, ४ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले ई-रिक्सा चालकहरुलाई सवारी चालक परिचयपत्र वितरण गरेको छ ।
परिचयपत्र वितरण समारोहमा मेयर प्रशान्तले पहिलो चरणमा ११७ जनालाई परिचयपत्र वितरण गर्नुभयो । मेयर विष्टले भन्नुभयो, ‘परिचयपत्र वितरण कार्य निरन्तर चलिरहन्छ ।’
मेयर विष्टका अनुसार, ई-रिक्सा चालक सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य विमा गर्ने योजना उपमहानगरपालिकाले अगाडी बढाएको छ ।
कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगञ्जका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक प्रविण आर्चायले ई-रिक्साचालकहरुलाई ट्राफिक नियमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
ई-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय चालकहरुलाई परिचयपत्रका साथै बिमा सम्बन्धि अभिमुखिकरण गर्दै आएको छ ।
नेपाल ई-रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीका अनुसार समितिका तर्पmवाट समेत अहिले ई-रिक्सा व्यवस्थापनको काम भइरहेको छ ।