नेपालगञ्ज, ३ बैशाख । बाँके प्रहरीले नेपालगञ्जको दुई स्थानवाट भंसार छलेर ल्याइएक अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले नेपालगञ्जको वडा नं. १५ र १६ वाट रु. दुई लाख १० हजार मूल्य बराबरको लेडिजसुट, टायल, कार्पेट, कस्मेटिकलगायतका सामान बरामद गरेको हो ।
उक्त सामानसहित प्रहरीले दुई जनालाई दुई थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो । बरामद सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भंसार कार्यालयमा बुझाइएको छ ।
यसैगरी, बााँके प्रहरीले हराएको मोटरसाइकल फेला पारी सम्बद्ध पक्षलाई बुझाएको छ । प्रहरीले नेपालगञ्ज वडा नं. १८ बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखेको अवस्थामा मोटरसाईकल हराएको मोटरसाइकल बरामद गरेको थियो ।