नेपालगञ्ज, ३० चैत । नेपालगञ्ज चिल्ड्रेन पार्कको योजना, डिजाइन र हाइमास्ट बिजुली प्रयोगको अवस्था बारे नेपालगञ्ज उपमहानगरपालिकासंग सूचना माग गरिएको छ ।
नेपालगञ्ज बागेश्वरी मन्दिरको पूर्वतर्फ निर्माणाधिन चिल्ड्रेन पार्कको बजेट तथा योजनासहितको स्टिमेट र नेपालगञ्ज वडा नं. २ हनुमत गौशाला र घरवारी टोलमा रहेको हाइमास्ट विद्युत बत्ति नबलेको बारे सम्पूर्ण विवरण माग गरिएको हो ।
नेपालगन्ज–११ का सूचना अभियन्ता शैलेन्द्रकुमार बैश्य र अधिबक्ता विश्वजित तिवारीले नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने अधिकार अन्र्तगत उक्त सूचना माग गर्नुभएको हो ।
पछिल्लो समय नेपालगञ्ज आसपास चोरी, डकैतीका घटनाहरु बृद्धि हुन थालेपछि हाइमास्ट विजुलीको लाइन अति आवश्यक भएको अवस्थालाई दृष्टिगत गरी नेपालगञ्ज उपमहानगरपालिकाले तत्काल सो बत्ती बाल्नुपर्ने स्थानीयको माग रहेको छ ।