नेपालगञ्ज, ३० चैत । नयाँ वर्ष २०८१ का अवसरमा भोलि बैशाख १ गते नेपालगन्ञ्ज वडा नं. २० स्थित पशुपति मन्दिर परिसरमा झण्डा महोत्सव मनाइदैछ । झण्डा महोत्सव यो वर्ष बागेश्वरी असल शासन क्लब (बास) को आयोजनामा मनाउन लागिएको हो । यसअघिका वर्षहरुमा अन्तरालले झण्डा दिवस मनाउदै आएको थियो ।
अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहको परिकल्पनामा २०७३ सालवाट झण्डा महोत्सव मनाउन लागिएको हो । शुरुवाती वर्ष २०७३ मा नेपालगञ्ज रंगशालामा राष्ट्रिय झण्डा महोत्सव मनाइएको थियो । उक्त वर्ष राष्ट्रगानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितिमा झण्डा महोत्सव मनाइएको अन्तरालका कार्यकारी निर्देशक शाहले जानकारी दिनुभयो ।
राष्ट्रिय झण्डा महोत्सव मनाउने सन्दर्भमा आज बासका कार्यकारी निर्देशक नमस्कार शाहको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तयारीको समिक्षा गरेको थियो । बैठकमा गैरसरकारी संस्था महासँघ नेपाल बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष निर्मला सुधार र पूर्व अध्यक्ष तेजबिक्रम शाहले झण्डा महोत्सब सबैको साँझा कार्यक्रम भएकाले सहकार्यको प्रतिबद्धता जनाउनुभएको थियो । ।
बासका सूचना अधिकारी हेमराज भट्टका अनुसार, बास नेपालले झण्डा महोत्सव बैशाख १ गते देशभरका ७७ वटैै जिल्लामा संयुक्तरुपमा मनाउन आप्mना मातहतका सबै शाखालाई परिपत्र गरिसकेको छ ।