नेपालगञ्ज, २७ चैत । नेपालगञ्ज सडक पेटीको रेलिङ आफुखुसी काट्नेहरु कारवाहीमा पर्नेभएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले कारवाही गर्ने भएको हो ।
आप्mनो पसल अगाडी रेलिङ्ग काट्ने व्यवसायीले सात दिनभित्र काटिएको रेलिङ्गको पुनःनिर्माण नगरे कारवाही गरिने मेयर विष्टले चेतावनीसहितको अल्टिमेटम दिनुभएको छ । ‘निर्देशन अवज्ञा गर्नेलाई सार्वजनिक सम्पत्ति तोडफोड कसुर अन्तर्गत कार्वाही गरिने छ’—मेयर विष्टले भन्नुभयो ।
मेयर विष्ट नेतृत्वमा रहेको जिल्ला प्रशासन कार्यालय बाँके, उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपी चोक क्षेत्रमा रेलिङको अवस्थाबारे आज अनुगमन गरेको थियो ।
व्यवसायीहरुले आफ्नो पसल अगाडिको रेलिङ आफूखुसी काट्न थालेपछि जिल्ला प्रशासन कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकामा उजुरी परेको थियो ।