नेपालगञ्ज, २५ चैत । बाँकेको कोहलपुरस्थित गुरुकुल सकर स्कुलले आज आइतवार आफनो सातौं वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
वार्षिक उत्सव कार्यक्रममा वर्षभरी भएका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिति कोहलपुर नगरपालिका वडा नम्बर ३ अध्यक्ष माधव रिजाल, गुरुकुल सकर स्कुलका अध्यक्ष भोजराज शाही, कोहलपुर नगरपालिका शिक्षा शाखा अधिकृत शिला गौतम, गुरुकुल सकर स्कुल संचालक समिति सदस्य कमल खत्री, प्रिन्सिपल आशा देवी शाही, पत्रकार दिप्ती भंट लगायतले विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यस अवसरमा २०८० को उत्कृष्ट शिक्षकको रुपमा दिलसरा वलीसँगै विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा शिक्षा शाखा अधिकृत शिला गौतमले गुरुकुल सकर स्कुलले हरेक वर्ष भौतिक पुर्वाधारसँगै शिक्षाको क्षेत्रमा पनि सुधार गर्दै गएको बताउनु भयो । गुरुकुल सकर स्कुलका अध्यक्ष भोजराज शाहीले विद्यार्थीलाई संस्कार सहितको शिक्षा प्रदान गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको छ भन्नुभयो ।