नेपालगञ्ज, २१ चैत । बाँके कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
जेलर अर्जुनजङ्ग शाहका अनुसार, पुर्पक्षका लागि थुनामा राखिएका नेपालगञ्ज वडा नं. ८ का ६६ बर्षीय कैदी अब्दुल जोलाहाको हृदयघातका कारण मृत्यु भएको हो ।
एक्कासी छाती दुखेपछि उपचारका लागि भेरी अस्पताल लगिएकोमा जोलाहाको उपचारका क्रममा मृत्यु भएको हो ।
बलात्कार मुद्दाका आरोपी जोलाहालाई पुस १७ गते पुर्पक्षका लागि बाँके कारागारमा थुनामा राखिएको थियो ।
जोलाहाको शव उनको परिवारलाई आजै बुझाइएको र उनको दाहसंस्कार समेत भइसकेको जेलर शाहले बताउनुभयो ।