नेपालगञ्ज, २१ चैत । नेपालगञ्जमा शिक्षा ऐन विपरित कार्य गर्ने पाँच जनालाई बाँके प्रहरीले आज पक्राउ गरेको छ ।
प्रहरीले एसईई परीक्षामा विद्यार्थीहरुलाई मोबाइलमा उत्तर पठाएको तथा प्रश्नपत्र प्रिन्ट गर्ने कार्यमा संलग्न ओ एण्ड बी एवन क्लासेज इन्स्टिच्युटका म्यानेजिङ्ग डाइरेक्टर इरफानअली मेकरानी, लिलिप विक, सन्तोष नेपाली, अल्ताब खाँन र तपनकुमार शर्मालाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका आरोपीवाट प्रहरीले चिट चोराउन प्रयोग गर्ने ल्यापटप, मोबाइल, प्रश्नपत्र र उत्तरपुस्तिकासमेत बरामद गरेको छ ।
पक्राउ गरिएका आरोपीविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, बाँकेले जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ ।
शिक्षा ऐन २०२८ को दफा १७ मा यस्तो कसुर गर्नेलाई ६ महिनासम्म कैद वा एक लाख रुपैयासम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । ।