नेपालगञ्ज, १६ चैत । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दाङ्गको लमही नगरपालिका वडा नंं ९ अमिलियामा स्थापना गरिएको नेपाली काँग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको शालिक अनावरण गर्नुभएको छ ।
शालिक अनावरण गर्न देउवा आज शुक्रवार बिहान काठमाडौंवाट नेपालगञ्ज हुँदै अमिलिया जानुभएको हो । देउवा काठमाडौंवाट बुद्ध एअरको जहाजवाट शुक्रवार बिहान नेपालगञ्ज आउनु भएको थियो । उहाँ नेपालगञ्ज बिमानस्थलवाट स्थलमार्ग हुँदै लमही जानु भएको थियो ।
यसअघि देउवालाई स्वागत गर्न पार्टीका नेता कार्यकर्ताहरु नेपालगञ्ज बिमानस्थल पुगेका थिए । देउबालाई स्वागत गर्न सहमहामन्त्री किशोरसिंह राठौर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कांंग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी लगायत नेता कार्यकर्ता विमानस्थल पुगेका थिए ।
सभापति देउवासँग सहमहामन्त्री महालक्षी उपाध्याय डिना, केन्द्रीय सदस्य दीपक गिरी लगायतका नेताहरु आउनुभएको थियो । सभापति देउवा आजै अपरान्ह बुद्ध एअरकै जहाजवाट काठमार्डौ फर्किनु भएको छ ।