नेपालगञ्ज, ८ चैत । बाँकेको डुडुवा गाउँपालिका अन्तर्गतका दुई स्वास्थ्य संस्थालाई किशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । यी दुई स्वास्थ्य संस्था लुम्बिनी प्रदेशमै पहिलो किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा भएका हुन् ।
नेपाल सरकारको ‘किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९’ अनुसार डुडुवाको बेतहनी स्वास्थ्य चौकी र कम्दी स्वास्थ्य चौकीलाई मूल्याकंन मापदण्ड अनुरुप घोषणा गरिएको पालिका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।
नेपाल सरकारको निर्देशिका अनुसार ८ मुख्य सुचँक र ४५ उपसुँचक अन्तर्गत भएको मुल्यांकनका आधारमा दुई स्वास्थ्य संस्था किशोरकिशोरी
युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजना अन्र्तगत भेरी वाताबरणीय बिशिष्टता समुह बी ग्रुप र केयर नेपालको सहयोगमा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको बी ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनुभयो ।
आज बिहीवार एक समारोहका बीच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणाको प्रमाणपत्र प्रदान गर्दै स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा विशेष गरि किशोरकिशोरीको सहभागिताले घरपरिवार र समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पालिकाले प्रदान गरिरहेको स्वास्थ्य लगायतका सेवामा सबैको समान रुपमा पहुच अभिबृद्धिका लागि कार्यक्रम संचालन गरेको हुनाले निर्धक्कका साथ सेवा ग्रहण गर्न सबैलाई आग्रह गर्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य संस्थाहरुको विकास, सेवाको गुणस्तरियता र शिक्षा अभिबृद्धिमा किशोर किशोरीहरुको भुमिका अझ बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष झंकबहादुर थापा, वडा नं. १ का अध्यक्ष पटेश्वर कुर्मी, स्वास्थ्य कार्यालय परिवार स्वास्थ्यका फोकलपर्सन विष्णु श्रेष्ठ, युएसएआइडी लुम्विनी प्रदेशका परियोजना अधिकृत भावना पौडेल, केयर नेपालका असरफ अन्सारी, बी ग्रुपका केशव राना लगायतको सहभागिता रहेको थियो ।
डुडुवामा ६ वटा स्वास्थ्य संस्थाहरु रहेका छन । डुडुवाले घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको छ । भने तीन स्थानमा निशुल्क प्रयोगशालाको समेत व्यवस्था गरेको छ ।