नेपालगञ्ज, ८ चैत । बाँकेको कोहलपुर नगरपालिकाले पानी उद्योगहरुका उत्पादित पानी परीक्षण गर्न नमुना संकलन गरेको छ ।
नगर क्षेत्रका उद्योगवाट संकलित पानीको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको अधिकृत अग्निप्रसाद आचार्यले बताउनुभयो ।
स्थानीयबासीका गुनासाका स्वर धेरै सुनिन थालेपछि नगरपालिकाले लाइफ ओके , आरुस, झरना, श्री र बरपिपल पानी उद्योगको उत्पादित पानीको नमुना संकलन जाँचका लागि पठाएको हो ।
यस्तै, नगरपालिका क्षेत्रमा पानी वितरण गर्दै आएको मध्यमश्चिम पानी उद्योगको नमुना समेत परीक्षणका लागि पठाइएको आचार्यले जानकारी दिनुभयो ।