नेपालगञ्ज, ६ चैत । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ र १३ अन्तर्गत जिल्ला समन्वय समितिबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजनाको निर्माण कार्य सुरु भएको छ ।
वाटो निर्माणको मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले आज मंगलबार बाटो स्तरोन्नति कार्यको संयुक्तरुपमा शुभारम्भ गर्नुभएको छ ।
त्यस अवसरमा मेयर विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । ‘धेरै मानिसहरु आवतजावत गर्ने बाटो भएकाले यसको स्तरोन्नति जरुरी थियो’, मेयर विष्टले भन्नुभयो ।
उक्त वाटो निर्माणको काम सुशान्त निर्माण सेवाले आगामी जेठ १५ गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का सकारेको छ । उपमहानगरपालिका इन्जिनिययर ईश्वरी सापकोटाका अनुसार, वाटो निर्माणका लागि भ्याट पि.एस. बाहेक ४७ लाख ४६ हजारमा रकम खर्च हुनेछ ।