नेपालगञ्ज, ६ चैत । हरित अर्थतन्त्र परियोजना अन्तर्गत बर्दियाको राजापुरमा फोहरमैला ‘व्यवस्थापनबाट रोजगारी सिर्जना’ विषयक तीन दिने तालिम सम्पन्न भएको छ । “फोहरलाई मोहर” तालिमको उक्ति रहेको छ ।
तालिम समापन समापनमा राजापुर नगरपालिका उपमेयर मनकला कुमारी चौधरीले फोहोर व्यवस्थापन आयआर्जन को राम्रो स्रोत भएको बताउनुभयो । ‘उपमेयर चौधरीको थप भनाइ थियो, ‘हरित अर्थतन्त्र परियोजना कार्यक्रम सफल बनाउन राजापुर नगरपालिका तत्पर रहेको छ ।’
समापन समारोहमा क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रविकुमार तुलाधर, कार्यकारी निर्देशक साजिदअली सिद्दिकी, सहायक निर्देशक महेश नेपाली, परियोजना अधिकृत राधेकृष्ण र फिल्ड पर्यवेक्षक रञ्जिता रिजाल तथा सुश्री कञ्चन दहितको उपस्थिति रहेको थियो ।
तालिम अवधिभर प्रशिक्षक दिपक भट्टराईलेसहभागि युवतिहरुलाई फोहोरमैला व्यवस्थापन र सोको प्रयोगबाट जैविक मल बनाउने तथा रोजगारी सिर्जनाका उपायका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.