नेपालगञ्ज, ५ चैत । नेपालगञ्जस्थित भेरी अस्पताल प्रशासनले प्रेस स्वतन्त्रताको सधै उच्च कदर गर्ने जनाएको छ । आज सोमवार जारी सूचनामा भनिएको छ, ‘यसअघि २०८० चैत २ गते जारी सूचनामा अस्पताल परिसरमा पत्रकारलाई समाचार संकलन गर्न रोक लगाउने निर्णय नियतवश नभई भूलवस हुन गएको हो ।’
अस्पतालका केहि संवेदशील तथा गम्भीर प्रकृतिका काममा समन्वय गरी समाचार संकलन गर्न अस्पताल प्रशासनले सूचनामार्पmत आग्रह समेत गरेको छ ।
यसैबीच, चैत १ गते सो अस्पतालमा समाचार संकलन गर्न पुगेका पत्रकार आशिष गुप्ता र अभिषेक गुप्तामाथि सुरक्षागार्डद्धारा भएको दुव्र्यवहारको आत्मालोचना गरिएको छ ।
नेपाल प्रेस युनियन, बाँकेको अगुवाईमा आज अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहसंग भएको छलफलमा सम्बद्ध पक्षद्धारा गल्ती स्वीकार्दै आत्मालोचना गरिएको हो ।