नेपालगञ्ज, ५ चैत । नेपालगञ्जको शक्तिपीठ बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिरको तलाउमा ढल नमिसिएको स्पष्ट पारेको छ ।
गुठी व्यवस्थापन समितिका सचिव गोेपालप्रसाद अधिकारीद्धारा आज सोमवार जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘कुनै ब्यक्तिको घर वा शौचालयको दुर्गन्धित पानी मन्दिर तलाउमा मिसिएको छैन ।’
मन्दिरको तलाउमा घर—शौचालयको ढल मिसाइएको व्यवहोराको समाचार सार्वजनिक भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव अधिकारीले प्राविधिक समेतको सहयोगमा स्थलगत अवलोकन गर्दा हाल उक्त तलाउ सुख्खा अवस्थामा रहेको बताउनुभयो ।
विज्ञप्तीमा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जीर्ण अवस्थामा रहेको तलाउ बीचको जुंगे महादेवको मन्दिर र उक्त मन्दिर जाने पुलको निर्माण कार्य भइरहेको समेत उल्लेख छ ।